‘बाँच्न गाह्रो भएको’ भन्दै फेसबुकमा भावुक पोस्ट गरेकी गायिका दिलमाया सुनार मृत भेटिइन्

लोक तथा दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन्। लाइभ दोहोरी गीतका कारण चर्चामा रहेकी उनी काठमाडौंस्थित डेरामा शनिबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन्।

नेपाल भ्युज

‘बाँच्न गाह्रो भएको’ भन्दै फेसबुकमा भावुक पोस्ट गरेकी गायिका दिलमाया सुनार मृत भेटिइन्

काठमाडौं। लोक तथा दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन्। लाइभ दोहोरी गीतका कारण चर्चामा रहेकी उनी काठमाडौंस्थित डेरामा शनिबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन्।

सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। शुक्रबार राति आफूलाई बाँच्न मुस्किल भएको भन्दै उनले फेसबुकमा स्ट्याटस समेत लेखेकी थिइन्।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले शनिबार बिहान कोठामा पुग्ने सूर्य श्रेष्ठ नामको एक युवालाई नियन्त्रणमा लिएको छ।

केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।
३० बर्सिया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved