मेलम्चीको बाढीले फट्टेको पुलमा क्षती, बन्द भयो सडक

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।

नेपालभ्युज

मेलम्चीको बाढीले फट्टेको पुलमा क्षती, बन्द भयो सडक
फाइल तश्वीर

सिन्धुपाल्चोक। गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा गएका थिए।

राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन्।

गत वर्ष १ असारमा आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved