बैठक नसकी निस्किए मन्त्री प्रेम आले, कुनै प्रतिक्रिया दिएनन्

नेपालभ्युज

बैठक नसकी निस्किए मन्त्री प्रेम आले, कुनै प्रतिक्रिया दिएनन्

काठमाडौं। आफूहरूले नै माग गरेको पोलिटब्युरो बैठक बीचमै छाडेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका प्रेम आले बाहिरिएका छन्।

नेकपा एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेपछि चार जना मन्त्रीसहित १० जना सांसदहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका थिए। मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै ती चार जना मन्त्रीहरूले तत्काल बैठक बोलाउन माग गरेका थिए।

आज दिउँसो बसेको बैठकबाट बाहिरिएका उनले यसबारे कुनै प्रतिक्रिया दिन मानेनन्।

उनीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठनको कार्य सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका थिए।

यस विषयमा उनीहरूले बुझाएको आठबुँदे ध्यानाकर्षण पत्रमा पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएकोलगायतमा विषयमा आपत्ति जनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved