‘ओलम्पिक डे’मा एनओसी अवार्ड हुँदै

नेपाली खेलकुदसँग जोडिएको नौ विधामा अवार्ड प्रदान गरिने छ। प्रत्येक अवार्डसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पनि रहेको छ।

नेपालभ्युज

‘ओलम्पिक डे’मा एनओसी अवार्ड हुँदै

काठमाडौं। नेपाल ओलम्पिक कमिटीले बिहीबार ‘ओलम्पिक डे’को अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ। २३ जुन ‘ओलम्पिक डे’को अवसरका कार्यक्रम हुन लागेको हो।

यसक्रममा नेपाली खेलकुदसँग जोडिएको नौ विधामा अवार्ड प्रदान गरिने छ। कमिटीले यसप्रकारको अवार्ड कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो र यसलाई निरन्तरता पनि दिनेछ।

“हामीले नेपाली खेलकुदसँग जोडिएका विभिन्न नौ विधामा अवार्ड प्रदान गर्नेछौं र यसका लागि सबै तयारी पूरा गरिसकेका छौं। हामीलाई विश्वास छ, यो नेपाली खेलकुदमा प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुनेछ,” कमिटीका सदस्य तथा एनओसी अवार्ड कमिटीका समन्वयकर्ता गोपाल सुन्दरलाल कक्षपतिले भने, “यो अवार्ड पाउनेका लागि प्रोत्साहन हुनेछ भने नयाँ पुस्ताका लागि प्रेरणा पनि रहनेछ।”

अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट संघ गरेर पाँच विधामा प्रदान गरिनेछ। बाँकी चार विधा खेल पत्रकारितासँग जोडिएका छन्। त्यसमा उत्कृष्ट पत्रकार प्रिन्ट, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारिता रहेका छन्।

प्रत्येक अवार्डसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पनि रहेको छ।

यसअघि, कमिटीले कक्षपतिको नेतृत्वमा अवार्ड विजेताको चयनका लागि स्वतन्त्र कमिटी गठन गरेको थियो।

त्यसको सदस्यमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रिता विष्ट, दिपक विष्ट, अश्रेता कार्की चौधरी रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved