दुबईका राजपरिवार सदस्यको कार्यक्रममा सरकारले लगायो प्रतिबन्ध

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा झापामा पुगेका संयुक्त अरब इमरेट्श अन्तर्गत दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको कार्यक्रम सरकारले रोकेको हो। सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरूमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।

नेपाल भ्यूज

दुबईका राजपरिवार सदस्यको कार्यक्रममा सरकारले लगायो प्रतिबन्ध

काठमाडौं। झापामा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा झापामा पुगेका संयुक्त अरब इमरेट्श अन्तर्गत दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको कार्यक्रम सरकारले रोकेको हो। सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरूमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।

विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारको स्वीकृति लिनुपर्ने भएकाले सुरक्षा संवेदनशीलताको हिसाबले प्रतिबन्ध लगाइएको गृह मन्त्रालयका एक अधिकारीले नेपालभ्यूजलाई बताए। उता परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाइसकेको छ।

दुर्गा प्रसाईंलाई नक्कली सुनको लौरो दिने राजकुमार पनि ‘नक्कली’

यद्यपी उनको अधिकांश कार्यक्रम सकिसकेको छ। भोलिका लागि तय भएको एक कार्यक्रम मात्रै स्थगित भएको छ। माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै झापा गएका उनले विभिन्न औपचारिक कार्यक्रम सकिसकेका छन्।

शनिबार माक्तुमले बिर्तामोडमा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए। माक्तुमले विमानस्थलमा उत्रिए लगत्तै व्यवसायी प्रसाईँलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए।

दुर्गा प्रसाईंले पाएको सुनको लौरो ‘नक्कली’

राजपरिवारका सदस्यसहितको एक कार्यक्रममा व्यवसायी प्रसाईँले दुबईमा पनि मेडिकल कलेज खोल्ने घोषणा गरेका छन्। प्रसाईँले दुबईमा मेडिकल कलेज सञ्चालन गर्नका लागि उनीसँग लगानीको सम्झौतामा हस्ताक्षर समेत गरेका छन्।

पूर्वनिर्धारित कार्यक्रम रद्द भएपछि माक्तुम सोमबार पोखरा भ्रमणका लागि निस्किन लागेको दुर्गा प्रसाईँले बताएका छन्। त्यसपछि स्वदेश फर्किने कार्यक्रम छ।

राजकुमार शेखसँग दुबईमा बिएण्डसी मेडिकल कलेज खोल्ने सम्झौता

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved