दुर्गा प्रसाईंले पाएको सुनको लौरो ‘नक्कली’

नेपालभ्युज

दुर्गा प्रसाईंले पाएको सुनको लौरो ‘नक्कली’
तस्वीर: सामाजिक सञ्जाल

काठमाडौं। दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको लौरो सुनको नभएको बताइएको छ।

राजकुमार मोक्तुमले प्रसाईंलाई आज झापास्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने लौरो उपहार दिएका थिए। उपहारमा पहेँलो लौरो प्राप्त भएपछि उक्त लौरो सुनको भएको अनुमान गरिएको थियो। लौरो प्राप्त भएपछि यस विषयमा बुझ्दा उक्त उपहार सुनको नभएको जानकारी प्राप्त भएको पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए।

‘‘स्वागत गर्न जाँदा सुनको जस्तै देखिने लौरो उपहारमा प्राप्त भएको थियो, हामीले सोध्ने कुरा पनि भएन,” उनले भने, ‘‘पछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझ्दा सुनको जलप लगाइएको लौरो भएको जानकारी प्राप्त भएको छ।” यद्यपि, आफूहरूले अहिलेसम्म उक्त लौरो सुनको हो/होइन भनेर जाँच नगरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved