मर्चवारीको उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा

नेपालभ्युज

मर्चवारीको उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा

काठमाडौं। रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा दिइएको छ।

नवनिर्वाचित उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको आज मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि शोक परेको भन्दै गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिका कार्यालयसहित सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्थासमेत आज बन्द गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। दिउँसो १ बजेपछि बिदा दिइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved