मन्त्री आलेको जवाफ : नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो भएको छ

नेपालभ्युज

मन्त्री आलेको जवाफ : नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो भएको छ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो देखिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा आएका प्रश्नको जवाफ दिँदै मन्त्री ओलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखापरेको बताए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवधि बढाएसँगै पर्यटकको आवतजावतमा थप सहज भएको दाबी गरे। पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन सरकारले यस क्षेत्रलाई आवश्यक सहुलियतको व्यवस्था गरेको उनले बताए। उनले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved