विवाहको उमेर घटाउन कानून संशोधन गर्दै सरकार

नेपालभ्युज

विवाहको उमेर घटाउन कानून संशोधन गर्दै सरकार

काठमाडौं। सरकारले विवाहको उमेर घटाउन कानून संशोधन गर्ने तयारी गरेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानूनी व्यवस्थालाई पुनरावलोकन गर्न जानकारी दिए।

‘‘१६ वर्षमा नागरिकता पाइन्छ। १८ वर्षमा मतदान गर्न पाइन्छ तर बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यवहारिक भएन’, मन्त्री कोइरालाले भने, ‘‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि मापदण्डले देखाउँदैन। बरू यसले अपराध बढाइरहेको छ। त्यसैले यसलाई पुनरावलोकन गर्ने प्रक्रिया सरकारले अगाडि बढाइसकेको छ।’’

मन्त्री कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेस गरिने पनि जानकारी दिए। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र संक्रमणकालीन न्यायलाई निष्कर्षमा लैजान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानूनमा संशोधन गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved