नारायणगढ–मुग्लिन र आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

लगातारको वर्षाको कारण पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ।

नेपालभ्युज

नारायणगढ–मुग्लिन र आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन
फाइल तस्वीर

काठमाडौं। लगातारको वर्षाको कारण पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ। वर्षासँगै गए राति १२ः४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

अहिले बिहान पहिरो पन्छाइ दुईतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यता भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँ स्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved