१० ओटा कछुवाको जीवित बच्चासहित कोटेश्वरबाट दुई जना पक्राउ

कोटेश्‍वरबाट कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

१० ओटा कछुवाको जीवित बच्चासहित कोटेश्वरबाट दुई जना पक्राउ

काठमाडौं। १० ओटा जीवित कछुवाको बच्चासहित दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन्।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो। उनीहरूले प्रयोग गरेको बा।९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद प्रहरीले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved