सडकबाट ढिस्को खस्दा एकै परिवारका दुई बालकको मृत्यु

निर्माण भइरहेको सडकबाट खसेको ढिस्कोमा पुरिएर एकै परिवारका दुई बालकको मृत्यु भएको छ।

नेपालभ्युज

सडकबाट ढिस्को खस्दा एकै परिवारका दुई बालकको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। निर्माण भइरहेको सडकबाट खसेको ढिस्कोमा पुरिएर एकै परिवारका दुई बालकको मृत्यु भएको छ।

आइतबार बिहान ९ बजे परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा स्काभेटर मेसिन प्रयोग गरी नयाँ सडक खनिरहेको अवस्थामा ढिस्को खस्दा त्यहाँ खेलिरहेका एकै परिवारका दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा उक्त गाउँ निवासी प्रकाश खड्काका दुई छोराहरु ७ वर्षका डेबिड खड्का र २ वर्षीय इशान खड्का रहेका छन्।

घटनापछि प्रहरीले ढिस्को खनेर बालकको शव निकालेको जिप्रका रोल्पाले जनाएको छ।

मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved