यौनहिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

प्रतिनिधिसभाबाट यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयक स्वीकृत भएको छ।

नेपालभ्युज

यौनहिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं। प्रतिनिधिसभाबाट यौनहिंसा र फौजदारी कसूर सम्बन्धी विधेयक स्वीकृत भएको छ।

आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफावार छलफलका लागि समितिमा पठाइएको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो।

अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved