आइसीसी विश्वकप क्रिकेट लिग : ओमानसँग भिड्दै नेपाल

हेड टू हेडका आधारमा नेपालमाथि ओमानको पल्ला भारी छ। हालसम्म ओमानसँग खेलको चार एकदिवसिय खेलमा नेपालले मात्र एक खेल जितेको छ भने तीन खेल गुमाएको छ। साथै ओमान यो लिगमा सर्वाधिक सफल टिम हो।

नेपालभ्युज

आइसीसी विश्वकप क्रिकेट लिग : ओमानसँग भिड्दै नेपाल

काठमाडौं। नेपालले आज आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा ओमानको सामना गर्दैछ। आयोजक अमेरिकाको टेक्सास शहरमा आयोजना हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे शुरु हुनेछ।

सिरिजको तयारीका लागि नेपालले अमेरिकामा खेलेको दुई अभ्यास खेलमा एकमा जित र एकमा हार भोगेको थियो। आजको खेलमा नेपाली टिमको समस्या भनेको दुवै प्रमुख ओपनर चोटग्रस्त हुनु हो।

नियमित ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवैलाई अभ्यास खेलका दौरान खुट्टामा चोट लागेपछि यी दुवैले यो खेल गुमाउने सम्भावना छ। त्यसैले नेपालले पूर्वओपनर सुबास खकुरेललाई टिममा बोलाइएको छ।

हेड टू हेडका आधारमा नेपालमाथि ओमानको पल्ला भारी छ। हालसम्म ओमानसँग खेलको चार एकदिवसिय खेलमा नेपालले मात्र एक खेल जितेको छ भने तीन खेल गुमाएको छ। साथै ओमान यो लिगमा सर्वाधिक सफल टिम हो। ३३ खेलमा १९ खेल जितको ओमान ४० अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ।

ओमानले नै यस लिगको उपाधि जित्ने सम्भावना निकै बढी छ। १२ खेलमा १२ जितसहित नेपाल लिगको छैठौँ स्थानमा छ।

विश्वकप लिग–२ सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटो हो। लिग–२ मा अंक तालिकामा शीर्ष तीनमा पर्ने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् भने तल रहेका चार टिमले प्लेअफ खेल्नुपर्ने हुन्छ।

तर नेपाललाई विश्वकप छनोटसम्म पुग्नभन्दा पनि हाल भएको आइसीसीको एकदिवसीय मान्यता जोगाइराख्न पनि यो लिगका आगामी खेलमा राम्रो प्रदर्शन गर्न आवश्यक छ। सात राष्ट्र सहभागी यो लिगको शीर्ष पाँचभित्र पर्न सके नेपालको एकदिवसीय मान्यता कायमै रहन्छ।

यो सिरिजमा नेपालले आयोजक अमेरिका र ओमानसँग दुई–दुई खेल खेल्दैछ। यसपछि लगतै ओमान सिरिजमा पनि नेपालले चार खेल खेल्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved