स्थानीयवासीको अवरोधले फाल्न सकिएन काठमाडौंको फोहोर 

स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।

नेपालभ्युज

स्थानीयवासीको अवरोधले फाल्न सकिएन काठमाडौंको फोहोर 

काठमाडौं। स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन। यसअघि बुधबार त स्थानीय र प्रहीबीच झडप नै भएको थियो। मंगलबार भने प्रहरी परिचालन गरेर फोहोर फालिएको थियो।

अहिले सिसडोलमा फोहर राख्न नमिल्ने अवस्था आएपछि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा अन्तिम फोहर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको छ। त्यहाँका स्थानीयले फोहोर फाल्न रोकेका हुन्।

गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि आज पनि फोहर व्यवस्थापन हुन नसकेको हो।

सहमतिअनुसार उपत्यकाबाट प्रहरीसहित फोहर बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको बताइएको छ।
मुख्यगरी बञ्चरेडाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन्। त्यसैगरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्नेजस्ता माग रहेको ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंले बताए।
केन्द्र सरकार र कामपाले आफूहरुमाथि विगत १७ वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयवासीले सहमतिको व्यवस्था गरी पटकपटक फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved