आइएमई पेमार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

नेपालभ्युज

आइएमई पेमार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

काठमाडौं। आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच सम्झौता भएको छ।

सम्झौता अनुरुप यही जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफरमार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरेपश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन्।

यो क्यासब्याकको सीमा ५०० रुपैयाँ सम्म मात्र हुनेछ।

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरेपछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५०० रुपैयाँसम्म मात्र हुने आइएमई पेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved