जमुनाह नाकामा ६ दिनमा सात जना नेपालीमा कोरोना पुष्टि

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिएको छ। १५ जेठ अघि कोरोना संक्रमित फेला नपरे पनि त्यसयता भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालभ्युज

जमुनाह नाकामा ६ दिनमा सात जना नेपालीमा कोरोना पुष्टि

काठमाडौं। भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिएको छ। १५ जेठ अघि कोरोना संक्रमित फेला नपरे पनि त्यसयता भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। जमुनाह हेल्थ डेस्कका सिनियर ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार १८–२३ जेठभित्र सात जना नेपालीमा कोरोना पुष्टि भएको छ।

उनले १८ जेठमा तीन, २१ जेठमा एक र २३ जेठमा तीन जना नेपालीमा कोरोना पुष्टि भएको बताए। २३ जेठमा संक्रमण पुष्टि भएकामध्ये दैलेख, प्युठान र जाजरकोटका एक–एक जना रहेको ज्ञवालीले बताए।
एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको ज्ञवालीले बताए।

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दै गएको छ। जसका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved