युइएफए नेसन्स लिग – फ्रान्स र क्रोएसियाको बराबरी

युइएफए नेसन्स लिगमा विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियाबीचको खेल बराबरी भएको छ।

नेपालभ्युज

युइएफए नेसन्स लिग – फ्रान्स र क्रोएसियाको बराबरी

एजेन्सी। युइएफए नेसन्स लिगमा विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियाबीचको खेल बराबरी भएको छ। गाएराति भएको खेलमा फ्रान्स र क्रोएसियाको खेल  १–१ को बराबरी भएपछि खेल्दै अंक बाँडेका छन्।

खेलको ५२औँ मिनेटमा एड्रियन राबिओटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। ८३ औँ मिनेटमा एन्डरेज क्रामारिकले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। क्रामारिकमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो।

फ्रान्सका स्टार खेलाडीहरु करिम बेन्जेमा, केलियन एमबाप्पे, ह्युगो लोरिएस, किङ्सले कोमान, जुलेस कुन्डे र एन्टोइन ग्रिजमनलाई बेञ्चमै राखिएको थियो। बराबरीपछि फ्रान्स दुई खेलबाट १ अंक जोडेर तेस्रो तथा समान अंक र खेलबाट क्रोएसिया पुछारमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved