नवलपरासी अदालत परिसरमा गोली चल्यो

अंश मुद्दामा अदालतमा मुद्दा लडिरहेका हर्षराम यादवले काकी रोशनीलाई लक्षित गरी गोली चलाएका थिए।

नेपालभ्युज

नवलपरासी अदालत परिसरमा गोली चल्यो
सांकेतिक तस्वीर।

बुटवल। नवलपरासी सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ।

अंश मुद्दामा अदालतमा मुद्दा लडिरहेका हर्षराम यादवले काकी रोशनीलाई लक्षित गरी गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यद्यपि, गोली कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

गोली चलाउने व्यक्तिको खोजी भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved