पूर्वसभामुख र पलको उदाहरण दिँदै सांसद चौधरीले भनिन् – स्वार्थ मिलुन्जेल माया, नमिले बलात्कार !

नेकपा (एमाले) सांसद गंगा चौधरीले कानून सबैलाई समान रुपमा लागू हुनुपर्ने बताएकी छिन्।

नेपालभ्युज

पूर्वसभामुख र पलको उदाहरण दिँदै सांसद चौधरीले भनिन् – स्वार्थ मिलुन्जेल माया, नमिले बलात्कार !

काठमाडौं। नेकपा (एमाले) सांसद गंगा चौधरीले कानून सबैलाई समान रुपमा लागू हुनुपर्ने बताएकी छिन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले कानून फितलो बनाउन नहुने बताइन्। पुरुषको भावना पनि बुझ्न जरुरी रहेको उनको भनाइ छ।

‘‘म महिला हुँ तर महिलाको दृष्टिकोणले मात्रै हेर्दिन, महिलाको भावना मात्रै बुझ्नु हुँदैन। पुरुषको भावना पनि बुझ्न जरुरी छ,’’ सांसद चौधरीले भनिन्, ‘‘संसद भनेको भावनामा बगेर बोल्ने ठाउँ होइन।’’

उनले पछिल्लो यौनहिंसाका घटना सुस्मिता रेग्मी, अभिनेता पल शाह र पूर्वसभामुख कृष्णबहादुर महराको प्रसंग कोट्याउँदै आफ्नो स्वार्थका लागि कसैलाई प्रयोग गर्न नहुने धारणा राखिन्।

‘‘पल शाह र सुस्मिताको कुरा छ। जबसम्म मन मिल्यो तबसम्म त्यसलाई लभको नाम दिने, आफ्नो स्वार्थ पूरा भएन भने बलात्कार?’’, उनले भनिन्, ‘‘हामीले पूर्वसभामुखको घटना पनि हेरेका छौँ। जबसम्म स्वार्थ मिल्यो, कसैलाई पत्तो थिएन। जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर उहाँलाई जेलमा कोचियो!’’

पल शाह नाबालिग बलात्कार आरोपमा अहिले जेलमा छन्। सुस्मिताले आफू सौन्दर्य प्रतियोगिताको आयोजकबाट बलात्कृत भएको भन्दै आठ वर्षपछि घटना सार्वजनिक गरेकी थिइन्। यस्तै पूर्वसभामुख महरामाथि संसद सचिवायलकी एक कर्मचारीले बलात्कारको आरोप लगाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved