निजगढ विमानस्थलबारे सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

नेपालभ्युज

निजगढ विमानस्थलबारे सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म –यालीसहितको प्रदर्शन गर्दै फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका छन्। विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले कार्यान्वयनको माग गर्दै आन्दोलन गरिएको हो।

विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपुर्जासहितको जमिनको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपुर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

सर्वोच्च अदालतले गरेको फैसलाविपरीत अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएपछि वातावरणविद्हरूले पनि आपत्ति जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved