अर्थमन्त्रीलाई प्रश्न : शिक्षा, स्वास्थ्यमा कमिशन नआएर बजेट नबढाउनुभएको हो? 

नेपालभ्युज

अर्थमन्त्रीलाई प्रश्न : शिक्षा, स्वास्थ्यमा कमिशन नआएर बजेट नबढाउनुभएको हो? 

काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद भट्टराईले अर्थमन्त्रीलाई शिक्षा र स्वास्थ्यमा कमिशन नआउने भएर बजेट घटाएको भन्दै प्रश्न गरेका हुन्।

“टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ,” भट्टराईले भने, “शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्‍यो, त्यो भिडिओमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिशन आउँदैन भन्नुभएको रहेछ। अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्‍याउनुभएन। अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु– शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिशन नआएर बजेट नबढाउनुभएको हो?’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved