‘इन्डक्सन चुल्होको कमिशनमा बिचौलिया र कर्मचारी लागिसके’

नेपालभ्युज

‘इन्डक्सन चुल्होको कमिशनमा बिचौलिया र कर्मचारी लागिसके’

काठामाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले इन्डक्सन चुल्होमा अब ठूलो भ्रष्टाचार हुन सक्ने बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको सैद्धान्तिक छलफलमा उनले इन्डक्सन चुल्लोलगायत कृषि क्षेत्रमा ल्याइएका कार्यक्रममा कर्मचारी र बिचौलियाको चलखेल अहिलेदेखि नै शुरु भइसकेको आरोप लगाए।

“भ्रष्टाचार कमिशन मैले देख्या छु। कहाँबाट हुन्छ थाहा छैन। जस्तै विद्युतीय चुल्हो भन्नुभयो। घरमा एउटा विद्युतीय चुल्हो पुग्नेबेला अब यहाँ कर्मचारी र विचौलियाहरू यसरी घुम्न थालिहाले, अब त्यो चुल्हो कहाँ पाइन्छ कतिमा पाइन्छ कतिमा लिन सकिन्छ यसरी आकाशमा उसले धाउन लागिसक्यो यसरी चक्कर मारिराख्या छ, अब शुरु भइसक्यो त्यो चुल्हो कहाँबाट ल्याउने, कति कहाँ मन्त्रीकहाँ पुग्ने कि सचिवकहाँ पुग्ने कि कहाँ पुग्ने यसरी चक्कर लाउन थालिहाले।

सबैभन्दा बढी बजेटबारे थाहा पाउने कर्मचारी र बिचौलियाले नै भएका भन्दै उनले आम जनतालाई केही थाहा नहुने बताए। उनले भने, “तपाईं हामीले त किताब हेरेर मात्र थाहा पाउँछौं भन्या।”

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा  स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने बताएको थियो।

विद्युत् खपत बढाउन बजेटमार्फत इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका थिए। जसअनुसार विद्युतको पहुँचबाहिर रहेका परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने पनि बजेटमार्फत घोषणा गरिएको थियो।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved