सुर्तीजन्य पदार्थ प्रयोग नगर्न बागमतीका स्वास्थ्यमन्त्रीको आग्रह

नेपालभ्युज

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न बागमतीका स्वास्थ्यमन्त्रीको आग्रह

हेटौंडा। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताए।

साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न-नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिए। शुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको बताए।

समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बागमती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताए।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बुद्ध चोकदेखि शुरु भएको सो प्रभातफेरी कार्यक्रम हेटौंडा बजारको परिक्रमा गरी पुनः बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सो कार्यक्रममा हेटौंडाका विभिन्न सङ्घसंस्थाको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved