कैलालीमा श्रीमान झुण्डिएको र श्रीमतीको घाँटी रेटिएको अवस्थामा मृत फेला

६५ वर्षीय हेमबहादुर ऐरको घरबाहिर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐरको शव उनीहरुकै घरभित्र भेटिएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

कैलालीमा श्रीमान झुण्डिएको र श्रीमतीको घाँटी रेटिएको अवस्थामा मृत फेला

कैलाली। कैलालीको गोदावरी नगरपालिकामा श्रीमान श्रीमती नै मृत अवस्थामा फेला परेका छन्। घरभित्र श्रीमती र घरबाहिर श्रीमानको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाको वडा नम्बर ७ मा श्रीमान श्रीमती नै मृत फेला परेका हुन्।

६५ वर्षीय हेमबहादुर ऐरको घरबाहिर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐरको शव उनीहरुकै घरभित्र भेटिएको प्रहरीले जनाएको छ।

पद्माको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ। उनका श्रीमान हेमबहादुरको भने घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

दुवै जनाको शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved