आइएमईकाे ‘एसटूटू मोबाइल नै पर्छ’ योजना सार्वजनिक

आइएमईले ‘हर्षको २२ वर्ष एसटूटू मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेको छ।

नेपालभ्युज

आइएमईकाे ‘एसटूटू मोबाइल नै पर्छ’ योजना सार्वजनिक

काठमाडौं। आइएमईले ‘हर्षको २२ वर्ष एसटूटू मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेको छ।

स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा आइएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त याेजना सार्वजनिक गरिएको हो ।

याे याेजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरीका एजेन्ट/सब एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा एक जनाले स्यामसुङको एसटूटू माेबाइल प्राप्त गर्न सक्नेछन्।

हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले स्मार्टवाच प्राप्त गर्न सक्ने आइएमईले जनाएकाे छ।विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ।

यो योजना यही १५ जेठदेखि १५ असारसम्म कायम रहनेछ। नतिजा कम्पनीकाे आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेबसाइट एवम्  सञ्चार माध्यममार्फत सार्वजनिक गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved