ललितपुरका विद्यालय क्षेत्र आसपास सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

नेपालभ्युज

ललितपुरका विद्यालय क्षेत्र आसपास सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौं। ललितपुर महानगरपालिकाले विद्यालय क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख  चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाई ‘स्मोक फ्री सिटी’ बनाउने योजना अघि सारेर तत्काल विद्यालय क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाइने बताए।

सोमबार विश्व सूर्तिजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले ललितपुरलाई हेल्दी सिटी बनाउने आफनो अभियान अन्तर्गत यसलाई ‘स्मोक फ्रि सिटी’ बनाउने प्रतिवद्धता जनाएका हुन्।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि आफूले यसअघि नै धेरै भीडभाड हुने स्थान तोकी ती स्थानलाई नो स्मोकिङ जोन भनेर छुट्याइसकेको समेत बताए।

हाल ललितपुरको पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। यो सँगै ललितपुरको अन्य क्षेत्रहरुलाई पनि धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने प्रमुख महर्जनको प्रतिवद्धता गरेका हुन्।

कार्यक्रममा ललितपुर महानगरका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सूर्तिजन्य पदार्थ बेच्न नदिने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “१५ दिन भित्रमा विद्यालयको छेउछाउमा सूर्तिजन्य पदार्थ बेच्न दिँदैनौ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved