भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, १० जना पक्राउ

ऐरावती गाउँपालिका–१ अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय दोर्ण बहादुर आलेमगरको आइतबार दिउँसो मृत्यु भएको हाे। 

नेपालभ्युज

भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, १० जना पक्राउ

प्युठान। प्युठानमा भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएकाे छ।

ऐरावती गाउँपालिका–१ अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय दोर्णबहादुर आलेमगरको आइतबार दिउँसो मृत्यु भएको हाे।

सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञानबहादुर नेपालीले उक्त जंगलमा सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुक दोर्णलाई लागेर उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।

प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुकसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी भइरहेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved