गुजरात टाइटान्स : जसले डेब्यूमै जित्यो आईपीएल उपाधि

गएराति भएको उपाधि भिडन्तमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात प्रतियोगितामा सहभागिता जनाएको पहिलो सिजनमै च्याम्पियन बनेको हो।

नेपालभ्युज

गुजरात टाइटान्स : जसले डेब्यूमै जित्यो आईपीएल उपाधि

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा यस सिजनदेखि नयाँ टोलीको रुपमा प्रवेश गरेको टोली गुजरात टाइटन्सले पहिलो सहभागितामै उपाधि जितेको छ।

गएराति भएको उपाधि भिडन्तमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात प्रतियोगितामा सहभागिता जनाएको पहिलो सिजनमै च्याम्पियन बनेको हो।

अहमदाबादमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले १३० रन बनायो। उसले २० ओभरमा ९ विकेट गुमाएर १३० रन जोडेको थियो।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे। यस्तै, याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे। कप्तान सन्जु सामसन १४ रनमा आउट भए।

गुजरातका हार्दिक पान्डेयले ३ तथा साई किशोरले २ विकेट लिए।

१३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

उसका लागि सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए। कप्तान हार्दिक पान्डेय ३४ रनमा आउट भए। डेभिड मिलर ३२ रनमा अविजित रहे। म्याथ्यू वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १÷१ विकेट लिए।

जितसँगै गुजरातले राजस्थानलाई लगातार तेस्रो खेलमा पराजित गर्यो। पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएर फाइनल पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved