सार्वजनिक स्थलमा प्रहरी महिला सेल स्थापना गरिने

नेपालभ्युज

सार्वजनिक स्थलमा प्रहरी महिला सेल स्थापना गरिने

काठमाडौं। पारिवारिक हिंसा र कार्यस्थलमा हुने हिंसालाई कम गर्न टोल फ्रि नम्बरलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै बसपार्क, विमानस्थललगायत सार्वजनिक स्थलमा प्रहरी महिला सेल स्थापना गर्ने सरकारले घोषणा गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। उनले २४ सै घण्टा खुला रहने हेल्पलाइन स्थापना गर्ने बताए।

उनले भने, “घरेलु हिंसापीडित र यौन हिंसापीडित महिलाहरूको लागि अस्थायी आवास सुविधा र कानूनी सुविधा उपलब्ध गराउन आवश्यक बजेट बिनियोजन गरेको छु।’’

साथै द्वन्द्वका समयमा यौनहिंसा पीडितहरुलाई मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन रोजगारीका कार्यक्रम सञ्चालन गर्न र आर्थिक सहयोग प्रदान गर्न बजेट बिनियोजन गरेको मन्त्री शर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved