देश आर्थिक समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

देश आर्थिक समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देश आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताएका छन्। १५ औँ गणतन्त्र दिवसको अवसरमा आज (१५ जेठ) विशेष कार्यक्रम गरी काठमाडौंस्थित टुँडिखेलको सैनिक मञ्चमा आयोजित विशेष समारोहमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताए।

समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुनु जरुरी रहेको उनको भनाइ थियो।

स्थानीय चुनाव सम्पन्न भएकोमा यसै वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनाव गराएर गणतन्त्र थप सुदृढ बनाउने उनको भनाइ थियो। उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहको थियो।

उक्त अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ। त्यस्तै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved