गणतन्त्र दिवसमा प्रचण्डले भने : वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प

नेपालभ्युज

गणतन्त्र दिवसमा प्रचण्डले भने : वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प
फाइल तस्वीर

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन्। गणतन्त्र दिवसमा आज शुभकामना दिँदै प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखा परेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृत्तिलाई पनि आफूहरूले संर्घषकै बलमा पराजित गरेको उल्लेख गरेका छन्।

देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको उनको टिप्पणी छ।

‘‘देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो,’’ उनले भने, ‘‘नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरू बीचका संघर्ष, सहकार्य र रूपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएका हुन्।’’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको पनि बताए।

उनले गणतन्त्र दिवसमा देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न पनि अपिल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved