२५ वटा आवश्यक सेवाका क्षेत्रमा हडताल गर्न नपाइने

नेपालभ्युज

२५ वटा आवश्यक सेवाका क्षेत्रमा हडताल गर्न नपाइने

काठमाडौं । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले जेठ ११ गते आयोजना हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको भर्जुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ भन लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढ्वा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए।

त्यस्तै बैठकले जेठ २३ देखि असार २ गतेसम्म रुवान्डाको किगालीमा आयोजना हुने विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चारमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved