प्रचण्डले चुनाव जितेको सिरहाको गोलबजारमा माओवादी हराउँदै एमाले विजयी

कूल १३ वडा रहेको गोलबजारको ६ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई/दुई वडामा विजयी भएका छन्।

नेपालभ्युज

काठमाडौं। सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। आज बिहान घोषणा भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन्।

श्रेष्ठ ७ हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे।

उपप्रमुखमा निर्वाचित एकालेकी साहले सात हजार ७०३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरे।

कूल १३ वडा रहेको गोलबजारको ६ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई/दुई वडामा विजयी भएका छन्। यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

२०७० को संसदीय चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोलबजार नगरपालिकासहितको क्षेत्रबाट चुनाव जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved