जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन्।

नेपालभ्युज

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन्।

१३ हजार ४६५ मत प्राप्त गरी मेयरमा साह निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याए भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाए।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved