विराटनगरका मेयर कोइरालाको पहिलो निर्णय : कर घटाउने

नेपालभ्युज

विराटनगरका मेयर कोइरालाको पहिलो निर्णय  : कर घटाउने

विराटनगर। विराटनगरका नवनिर्वाचित मेयर नागेश कोइरालले पदभार ग्रहण गर्दै करको दर घटाउने पहिलो निर्णय गरेका छन्। उनले करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने निर्णयमा हस्ताक्षर गरी आफ्नो नयाँ कार्यकाल शुरुवात गरेका हुन्।

कोइरालाले आफूले निर्वाचनका बेला घोषणा पत्रमार्फत महानगरले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा गरेको प्रतिवद्धता गरेकाले शुरुमै उक्त काम गर्ने बताए। यसका लागि पहिलो दिनबाटै काम शुरु भइसकेको जानकारी उनले दिए।

हरेक आर्थिक वर्षमा महानगर सभाले करको दर र दायरा तय गर्ने गरेको छ। त्यो सभामा लैजाने गरी स्थनीय कर तथा राजश्व समितिले तयार गरेको प्रस्तावमा कोइरालाले हस्ताक्षर गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved