भरतपुर अस्पतालको ओपीडी टिकट ७ बजेदेखि

मेडिकल सुपरिटेण्डेण्ड प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ः३० बजेबाट जीओपीडी (जनरल ओपीडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेदेखि शुरु हुनेछ।

नेपालभ्युज

भरतपुर अस्पतालको ओपीडी टिकट ७ बजेदेखि

चितवन। भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेदेखि नै ओपीडी टिकट खुला गरेको छ। अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेदेखि नै पहिलो पटक टिकट खुला गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेदेखि ओपीडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो।

उनका अनुसार बिहान ८ः३० बजेबाट जीओपीडी (जनरल ओपीडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेदेखि शुरु हुनेछ।

यसअघि, मध्याह्न १२ बजेसम्म ओपीडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२ः३० बजेसम्म खुल्ने छ। सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए। ओपीडी सेवामा परीक्षण भने ९ः३० बजेदेखि ३ः३० बजेसम्म हुनेछ।

अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपीडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved