गठबन्धनलाई हराउँदै रम्भाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमाले उम्मेदवार

उक्त गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो। रम्भामा गत ३१ वैशाख साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो।

नेपालभ्युज

पाल्पा। पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए।

यस्तै, उपाध्यक्ष पदमा पनि एमालेकै राधादेवी श्रेष्ठ पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भइन्। उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे।

अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाए। यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन्।

वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मतसहित उनको प्यानल नै निर्वाचित भएको छ भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत मात्रै पाए।

वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ। उनले एक हजार ४५३ मत ल्याई निर्वाचित हुँदा एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राए।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ। उनले ८३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गरे।

वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ। यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याए।

उक्त गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो। रम्भामा गत ३१ वैशाख साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो।

यही ६ जेठको अपराह्नबाट मात्रै मतगणना थालिएको हो। यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved