पाँचखाल नगरपालिकामा कांग्रेस विजयी

काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्।

नेपालभ्युज

पाँचखाल नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं। काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्।

खरेल १२ हजार ८३६ मत पाएका विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ मत पाएका छन्। खरेल निवर्तमान प्रमुख समेत हुन्।

उपप्रमुख पदमा नेकपा एमालेकी सूर्य माया दनुवारले जितेकी छन्। उनले गठबन्धनबाट उपप्रमुखका उम्मेदवार माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई पराजित गर्दै जितेकी हुन्।

दनुवारले ९ हजार ५३४ मत पाइन् भने गौतमले ९ हजार १० मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved