नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धन प्राथमिकतामा : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले उद्योग मन्त्रालय अन्तर्गत ‘प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम’ नामक छुट्टै परियोजना आउने बताए।

नेपालभ्युज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राखिने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित ‘पुस्तक अतृप्त’ अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा महामन्त्री थापाले साे कुरा उल्लेख गरेका हुन्।

उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार उद्योग मन्त्रालय अन्तर्गत ‘प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम’ को नाममा छुट्टै परियोजना आउने बताए। यस अन्तर्गत कृषि, खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने उनले जानकारी दिए।

“हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर नेपाली कांग्रेसको तर्फबाट यो वर्षको नीति तथा कार्यक्रममा ‘प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन’ नामक छुट्टै परियोजना बुझाएका छाैँ”, नेता थापाले भने, “उहाँले हाम्रो कुरा सुनिदिनु भएकाे छ।”

उक्त परियाेजना अन्तर्गत टेक्सटायल, फुटवेयर, कृषि र खाद्यान्न, वन, पैदावार, जडिबुटी र औषधी र कन्स्ट्रक्सन, हस्तकला लगायतका क्षेत्रमा के–के गर्नुपर्छ, त्यसबारे सबै डिटेलमा बुझाएर उद्योग मन्त्रालयले लिड गर्ने गरी छुट्टै कार्यक्रम ल्याइने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved