धनगढीमा नाम मात्रैको गठबन्धन थियो, स्वतन्त्र त म लडेको हुँ : निवर्तमान मेयर वड

नेपालभ्युज

धनगढीमा नाम मात्रैको गठबन्धन थियो, स्वतन्त्र त म लडेको हुँ : निवर्तमान मेयर वड
नृपबहादुर वड, प्रमुख, धनगढी

काठमाडौं। धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले आफूलाई गठबन्धनले सहयोग नगरेको गुनासो गरेका छन्। चुनाव हारेपछि स्वतन्त्रबाट निर्वाचित मेयर गोपाल हमाललाई शुभकामना दिन पुगेका उनले यस्तो बताएका हुन्।

उनले आफूलाई गठबन्धनका दल र स्वयं नेपाली कांग्रेसले पनि सहयोग नगरेको बताए। उनले भने, ‘‘यहाँ नाम मात्रैको गठबन्धन थियो। पार्टीको चुनाव चिह्न पाए पनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ।’’

उनले नवनिर्वाचित मेयरलाई आफूले पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरे। हमालले आफ्नो कार्यकालमा शुरु गरिएका राम्रा कामलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

नवनिर्वाचित मेयर हमालले २६ हजार ८६५ मत पाउँदा उनका प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved