चुनावी समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दै

चुनावी समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धनअन्तर्गतका पाँच दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ।

नेपालभ्युज

चुनावी समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं। चुनावी समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धनअन्तर्गतका पाँच दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ।

स्थानीय तहको निर्वाचनपछि सत्तारूढ गठबन्धनका नेताहरूको बैठक पहिलो पटक बस्न लागेको हो।

बालुवाटार स्रोतका अनुसार स्थानीय तहको निर्वाचनअन्तर्गत धेरैजसो पालिकाको अन्तिम मत परिणाम आइसकेको अवस्थामा त्यसबाट गठबन्धनलाई प्राप्त उपलब्धिबारे प्रारम्भिक समीक्षा हुनेछ।

स्थानीय तहको नतिजालाई लिएर गठबन्धन उत्साहित भएको छ। गठबन्धनले सबै दललाई फाइदा पुगेको गठबन्धन दलकै नेताहरूले बताउने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved