आज पनि हावा हुरीसहित हल्का वर्षाको सम्भावना

नेपालभ्युज

आज पनि हावा हुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा हावाहुरी तथा पानी एकैसाथ पर्दा दुःखद घटना भएका छन्। शुक्रबारमात्र चितवनमा हावाहुरीका कारण रुख र पोल ढल्दा तीन जनाको ज्यान गयो।

हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेकोले हावा हुरी तथा वर्षा एकै साथ आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। हाल प्रदेश १ तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

आज दिउँसो मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेकका स्थानमा बदली रहने विभिन्न स्थानमा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मौसम बुलेटिनमा भनिएको छ,‘‘प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’’

यसै गरी राती प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन – चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved