सबै कुरा विदेशबाट ल्याएर साँझ कृषिप्रधान देश भन्नुपर्ने अवस्था छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाल ‘मान्छे बेच्ने, मालसामान किन्ने’ देश भएको टिप्पणी गरेका छन्।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै उनले आयातलाई घटाउनुपर्ने बताए।

‘‘हामीले लगाउने लत्ताकपडादेखि भान्सामा चाहिने सबैकुरा हामी किन्छौँ। किन्नका लागि हाम्रा केटाकेटी विदेश पठाउँछौँ’’, उनले भने, ‘‘नेपाल वास्तवमा भन्ने हो भने मान्छे बेच्ने, मालसामान किन्ने देश भएको छ। त्यतिमा हाम्रो घरधन्दा चलेको छ।’’

नेपाली भान्सामा पाक्ने सबै कुराहरू विदेशबाट ल्याएर साँझ कृषिप्रधान देश भन्नुपर्ने अवस्था रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved