कांग्रेस इमानदार भएन, मा‌ओवादी चार पैसा फाइदा कता हुन्छ उतै ढल्कियो : नेकपा एस

उनले भने, ‘‘कांग्रेस र माओवादीले आफूलाई करेक्शन गरे भने फेरी पनि अगाडी जान सकिन्छ। नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने राजनीतिक दलसँग कसरी अगाडी जान सकिन्छ ?’’

नेपालभ्युज

कांग्रेस इमानदार भएन, मा‌ओवादी चार पैसा फाइदा कता हुन्छ उतै ढल्कियो : नेकपा एस

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँचदलीय गठबन्धनमा इमान्दारीता नदेखिएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीसँग कुराकानीका क्रममा गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका हुन्। उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारी देखाउन नसकेकको बताए।

निर्वाचन मत परिणामबाट आफुहरु सन्तुष्ट हुन नसकेकाे भन्दै उनले माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको आरोप लगाए। उनले भने, ‘‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ। पाँचदलीय गठबन्धनमा कांग्रेस इमानदार भएन। माओवादी पार्टीले  बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्कियाे। यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय गर्‍यो।’’

उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए। नैतिकताको राजनीति नगर्ने पार्टीहरुसँग अगाडी जान नसकिने उनकाे भनाइ छ। उनले भने, ‘‘कांग्रेस र माओवादीले आफूलाई करेक्शन गरे फेरी पनि अगाडी जान सकिन्छ। नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने राजनीतिक दलसँग कसरी अगाडी जान सकिन्छ ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved