पहिलो घरेलु सिरिजमा युगाण्डासँग नेपाल पराजित

नेपालभ्युज

पहिलो घरेलु सिरिजमा युगाण्डासँग नेपाल पराजित

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टीमले पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज गुमाएको छ। युगाण्डासँग जारी पाँच म्याचको सिरिजमा लगातार तेस्रो हारपछि नेपालको सिरिजको उपाधि जित्ने सम्भावना समाप्त भएको हो।

आज बिहीबार टीयू खेल मैदान कीर्तिपुरमा भएको सिरिजको तेस्रो खेलमा युगाण्डाले नेपाललाई ६ विकेटले पराजित गर्‍यो। यो जितसँगै पाहुना टोली युगाण्डाले सिरिजमा ३–० को अग्रतासँगै उपाधि पनि पक्का गरेको छ।

यसअघि नेपाल सिरिजको पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटले पराजित भएको थियो। यी तीनै खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्नु नै हारको मुख्य कारण बन्यो।

तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र ९९ रनको योलफल बनाएकाे थियो। नेपालका लागि ओपनर ज्योती पाण्डेले ५४ बलमा पाँच चौकाको मद्धतले सर्वाधिक ४७ रनको योगदान दिएकी थिइन्। तर अन्य कुनै पनि ब्याटर चल्न सकेनन्।

जवाफमा युगाण्डाले एक सय रनको विजय लक्ष्य अन्तिम १० बल खेल्नु अगाडी चार विकेटको नोक्सानीमा पुरा गर्‍यो। वलिङतर्फ नेपालको लागि कविता कुँवरले दुई विकेट लिएकी थिइन्।

सन् २०१८ मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएपछि गत बर्ष नेपाली महिला राष्ट्रिय क्रिकेट टीमले कतारमा पहिलो अन्तर्राष्ट्रिय सिरिज खेलेकाे थियो। नेपालले तीन म्याचको उक्त सिरिजको सबै खेल जित्दै उपाधि उचालेको थियो। तर यो दोस्रो अन्तर्राष्ट्रिय सिरिज र घरेलु मैदानमा खेलेको पहिलो सिरिज भने नेपालले गुमायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved