काठमाडौं महानगरपालिका

वडा नम्बर २८ को मतगणना जारी, बालेनलाई उछिने स्थापितले

नेपालभ्युज

वडा नम्बर २८ को मतगणना जारी, बालेनलाई उछिने स्थापितले

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा शुरुदेखि नै अग्रता लिएका बालेन शाहलाई महानगरपालिका वडा नम्बर २८ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ मतले पछि परेका छन्।

यो वडामा ५ सय मत गणना हुँदा बालेनले १२८ मत पाउँदा स्थापितले १३६ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनकी सिर्जना सिंहले १०० मत पाएकी छन्।

हालसम्म काठमाडौं महानगरका विभिन्न वडा गरी ४७ हजार ४ मत गणना भइसकेको छ। जसमा बालेनले १८ हजार २ सय ३७ मत पाएका छन् भने स्थापितले ९ हजार ५ य १७ मत पाएका छन्। यस्तै सिंहले ८ हजार ५ सय ३७ मत पाएकी छन्।

वडा नम्बर १,२, ३ र ५ को मतगणना सकिँदा ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ मत गणना भइरहेको छ। एमालेले गणना सम्पन्न भइसकेका सबै वडा जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved