‘१८ घण्टा घोटिँदा पनि पेटभरि खान पुग्दैन, समाजवाद भट्याएर मात्र हुन्छ ?’

नेपालभ्युज

1158979274880988
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा सांसद डा. बाबुराम भट्टराईले नेपालमा ‘काल्पनिक समाजवाद’को कुरा भइरहेको बताएका छन्। उनले श्रमिकले ६ घण्टा मात्र श्रम गरेर परिवारलाई सम्मानजनक रूपमा पाल्ने कसरी भन्ने मुख्य प्रश्न भएको उनले बताए।

‘‘२४ घण्टामा ६ घण्टा काम गरोस्, ६ घण्टा आराम गरोस् ६ घण्टा मनोरञ्जन गरोस्, ६ घण्टा सुतोस् त्यसलाई समाजवाद भनेका थिए मार्क्स,’’ उनले भने, ‘‘हामी १८ घण्टा घोटिँदा पनि पेटभरी खान सक्दैनौं अनि त्यहाँ समाजवाद आउँछ ? समाजवादउन्मुख भनेर भट्याएर मात्र हुन्छ?”’

समाजवादउन्मुख नभएर राष्ट्रिय औधोगिक पूँजीको विकास यतिबेलाको प्रमुख आवश्यकता भएको उनले बताए। कृषिमुखी अर्थतन्त्रलाई औधोगिक र सेवामूलक अर्थतन्त्रमा रूपान्तरण गर्नु अबको आवश्यकता भएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved