महोत्तरीको रामगोपालपुर नगरपालिकाको दुवै पदमा एमाले विजयी

प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन्।

नेपालभ्युज

महोत्तरी। रामगोपालपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने पनि रामगोपालपुर नगरपालिका पहिलो बनेको छ।

रामगोपालपुरको प्रमुख–उपप्रमुखमा दुवै पदमा एमालेका उम्मेद्वार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन्।

प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गरेका रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिए।

त्यसैगरी, उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गरेकी र उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गरेकी रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा सबै पदको मतगणना परिणाम घोषणा भएको यो पहिलो हो ।

अब धमाधम परिणाम घोषणा गर्ने चरणमा पुग्न लागिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved