सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा, आजैदेखि लागू हुँदै (भाडादरसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश भाडादर ३.५ बढेको सूचनामार्फत जनाएको छ।

नेपालभ्युज

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा, आजैदेखि लागू हुँदै (भाडादरसहित)
फाइल तस्वीर

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भारडादर बढाएको छ।१७ चैत २०७८ मा मात्रै भाडादर बढाएको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सार्वजनिक यातायातमा पनि फेरि भाडादर बढाएको हो।

नयाँ भाडादरअनुसार अब यात्रुवाहक सवारी साधनमा अन्तरप्रदेश भाडादर ३.५ प्रतिशतले बढेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश भाडादर ३.५ बढेको सूचनामार्फत जनाएको छ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ५.१ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ।

नयाँ भाडादर आजैदेखि लागू हुनेछ।


 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved